चलचित्र ‘पोइ पर्‍यो काले 'को छायांकन सकियो ,पूजा शर्माको पोइ सौगात की आकाश ?

पहिल्लो समय निकै चर्चामा रहेको मल्टिस्टारर चलचित्र ‘पोइ पर्‍यो काले ‘को एउटा गीत बाहेक सम्पूर्ण छायांकन पोखरामा सकिएको  छ।चलचित्रको छायांकन सकिए सगै केहि तस्बिर  बाहिरिएको छ ।चलचित्र सार्वजनिक  तस्बिरमा सौगात मल्ल,पूजा शर्मा र आकाश श्रेष्ठ शर्मा बेहुलाको भेषमा सजिएका छन् ।तस्बिर हेर्दा पूजा शर्माको चलचित्रमा पोई  सौगात मल्ल र आकाश श्रेष्ठ कोहि पनि हुन् सक्ने देखिन्छ ।

चलचित्र ‘पोइ पर्‍यो काले ‘मा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर राजाराम पौडेल, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रहने छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्र ‘पोइ पर्‍यो काले’को प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।चलचित्र तिहारको अवसर पारेर  कात्तिकको ८ गतेबाट  रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ सार्वजनिक (भिडियो)

Read Next

दिशा पटानी सलमान खानको चलचित्र 'भारत'को कारण निराश