साहिद कपुरको चलचित्र ‘कबिर सिंह’को पहिलो दिन बक्स अफिसमा शानदार कमाई

हिजो बाट प्रदर्शनमा आएको बलिउड अभिनेता शाहिद कपूर अभिनित चलचित्र ‘कबिर सिंह’ ले बक्स अफिसमा शानदार कमाई गरेको छ । पहिलो दिन ‘कबिर सिंह’ भारतीय बक्स अफिसमा २०.२१ करोडको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् ।

चलचित्र ‘कबिर सिंह’ले यस बर्ष २०१९ मा बलिउडमा पहिलो दिन सर्वाधिक कमाइ गर्ने चलचित्रको लिस्टमा चौथो नम्बरमा परेको छ ।यस वर्षा प्रदर्शनमा आएको सलमान खानको हिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेको थियो ।त्यस्तै कलंकले २१.६० करोड र केसरीले २१.०६ करोड व्यापार गरेको थियो ।चौथो नम्बरमा शाहिद कपूरको ‘कबिर सिंह’ २०.२१ करोडको गरेर आफुलाई पर्न सफल भएको छ ।यो शाहिद कपूरको अभिनित अहिले सम्मकै चलचित्रमा सबै भन्दा ठुलो ओपनिङ्ग रेकड हो ।

चलचित्रमा शाहिदको शिर्ष भूमिका रहेको कबिर सिंहले प्रशंसा पाइरहेको छ । फिल्म शाहिद एक म्याड लभरको रुपमा खरो उत्रिएका छन् ।सिनेमामा साहिदको अपोजिट कियारा आडवाणी छन् ।फिल्म ३ घण्टा लामो हुँदा हुँदै कबिर सिंहले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने भारतिय मिडियाले उल्लेख गरेका छन् ।

सन्दीप भांगा निर्देशित चलचित्र ‘कबिर सिंह’ लाई ब्लकबस्टर तलेगु सिनेमा ‘अर्जुन रेड्डी’बाट उतारेका हुन् ।साहिद कपुरले ‘हैदर, जब वि मिट, कमिने, रंगून, पद्मावत’ जस्ता सफल चलचित्रमा आफूलाई फरक फरक अवतारमा प्रस्तुत गरेका छन् ।

Namaste Filmy

Read Previous

दिशा पटानी सलमान खानको चलचित्र 'भारत'को कारण निराश

Read Next

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘रातो टिका निधारमा’ को छायाँकन सकियो