शाहिद कपूरको चलचित्र ‘कबीर सिंह’ले बक्स अफिसमा तिन दिनमा कमायो ७०.८३ करोड

शाहिद कपूर र कियारा आडवाणीको चलचित्र ‘कबीर सिंह’ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ ।चलचित्रले पहिलो तिन दिनमा ७०.८३ करोड कमाएको छ । पहिलो दिन २०.२१ करोड कमाएको ‘कबीर सिंह’ले दोस्रो दिन शनिबार २२.७१ करोड कमाइ गरेको छ । त्यस्तै चलचित्रले तेस्रो दिन २७.९१ करोडको कमाई  गर्दै पहिलो तिन दिनमा ७०.८३ करोड कमाएको हो ।

ओपनिङसँगै यो फिल्म वर्ष २०१९ को सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्मको लिस्टमा समेत सामेल भएको छ ।यस वर्ष प्रदर्शनमा आएको सलमान खानको हिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेको थियो ।त्यस्तै कलंकले २१.६० करोड र केसरीले २१.०६ करोड व्यापार गरेको थियो ।चौथो नम्बरमा शाहिद कपूरको ‘कबिर सिंह’ २०.२१ करोडको गरेर आफुलाई पर्न सफल भएको छ ।यो शाहिद कपूरको अभिनित अहिले सम्मकै चलचित्रमा सबै भन्दा ठुलो ओपनिङ्ग रेकड हो ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले भारतमा ३ हजार १ सय २३ स्क्रिन पाएको छ । ओभरसिजमा यो फिल्म ४९३ पर्दामा लागेको छ । यस फिल्मलाई विश्वभर ३६ सय १६ स्क्रिन मिलेको छ । यस चलचित्रले पहिलो हप्तामा नै सय करोड कमाउने अनुमान गरिएको छ ।

चलचित्रमा शाहिदको शिर्ष भूमिका रहेको कबिर सिंहले प्रशंसा पाइरहेको छ । फिल्म शाहिद एक म्याड लभरको रुपमा खरो उत्रिएका छन् ।सन्दीप भांगा निर्देशित चलचित्र ‘कबिर सिंह’ लाई ब्लकबस्टर तलेगु सिनेमा ‘अर्जुन रेड्डी’बाट उतारेका हुन् ।साहिद कपुरले ‘हैदर, जब वि मिट, कमिने, रंगून, पद्मावत’ जस्ता सफल चलचित्रमा आफूलाई फरक फरक अवतारमा प्रस्तुत गरेका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘साइनो’को गीतमा टिक-टक बनाउदा पुरस्कार जित्ने

Read Next

चलचित्र ‘एकलब्य’ को ‘पूर्वै चल्नेया रेल…’गीत सार्वजनिक (भिडियो )