प्रियंका कार्की र आयुष्मानको यस्तो छ ‘मायाको खेल’ (भिडियो)

गायक मोहन राईको ‘मायाको खेल’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियो राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् । निर्देशक महर्जनले भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डिजन भट्टराईलाई अभिनय गराएका छन् ।

जेसिका राई निर्माता रहेको भिडियो हाइलाइट्सनेपालले सार्वजनिक गरेको हो । यो गीत आफ्नो ‘मायाको खेल’ एल्बममा संग्रहित रहेको गायक राईले बताएका छन । उनले यसअघि ‘कस्तो सपना’ गीति एल्बम बजारमा ल्याएका थिए । भिडियोको नृत्य निर्देशन सुष्मा कोइरालाको रहेको छ भने सुमित राज भट्टको क्यामेरा र विप्लव आर पोखरेलको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘एकलब्य’ को ‘पूर्वै चल्नेया रेल…’गीत सार्वजनिक (भिडियो )

Read Next

रेखा थापाको चलचित्र ‘मालिका’का निर्माता नरबहादुर कार्की पक्राउ