सिनेजोन स्टुडियोले किन हेपे शुभेच्छालाई ?

[dropcap]ना[/dropcap]यिका तथा निर्मात्री शुभेच्छा थापाले आफुलाई सिनेजोन स्टुडियोले बारम्बार दुख दिइरहेको बताएकि छिन । हाल सिनेजोन स्टुडियोमा शुभेच्छा निर्मित फिल्म मिस नेपालको पोष्ट प्रोडक्सन भइरहेको छ । पोष्ट प्रोडक्सनको सम्पुर्ण जिम्मा लिएको स्टुडियोले सबै रकम भुक्तनी नदिएसम्म फिल्मको कुनैपनि सामग्री आफुलाई नदिने भन्दै पटक पटक सताएको गुनासो शुभेच्छाको गरेकी छिन ।shuvechhaशुभेच्छाका अनुसार जम्मा २ लाख ७५ हजारमा फिल्मको पोष्ट प्रोडक्सनको जिम्मा दिइएको हो । तर अब ५० हजार मात्र तीर्न बांकि रहेको शुभेच्छाको भनाई छ । उनले सिनेमाको सम्पुर्ण काम सकिनुअघि नै सबै रकम चुक्त गर्ने बताएपनि स्टुडियोले प्रोमो र गीत लैजानु अघि नै सबै रकम चुक्ता गर्नुपर्ने अडान लिएको बताइन । उनले भनिन ः यो म महिला भएकै कारण हेपिएको हु । अरुको फिल्मलाई यस्तो हुदैन ।
स्टुडियोले यसरी आफुलाई अनावश्यक दुख दिएको दावी गरिन । कुनैपनि स्टुडियोको यस्तो नियम नहुने बताउदै शुभेच्छाले स्टुडियोकै कारण आफनो फिल्मको दुई वटा च्यारिटी शो रोकिएको बताइन ।
यसअघि पनि हिड्रेन ट्रेजर नामक संस्थाले शुभेच्छालाई विभिन्न दुख दिएका थिए । हिडन ट्रेजर मिस नेपाल प्रतियोगिता आयोजना गर्ने एक गैर सरकारी संस्था हो ।
अगामी जेठ ९ गते अलनेपाल रिलिज हुने फिल्म मिस नेपाललाई सुरेन्द्र तुलाधारले निर्देशन गरेका हुन । फिल्ममा शुभेच्छाको अलवा सबिन श्रेष्ठ, क्षितिजा शाक्य, काल्याण घिमिरे लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

'मेरो बेष्ट फ्रेन्ड' लिएर देशदौडहामा प्रसन्न ।

Read Next

सहमतिमै यौन सम्पर्क राखेको इन्दर कुमारको पत्नीको दाबी ।