सुटुक्क विवाहपछि हनिमुन मनाउदै सलमान खान ।

 [dropcap][/dropcap]माचारअनुसार बलिउड एक्टर सलमान खानले केहि समयपहिले सुटुक्क विवाह गरेका थिए । विवाह लगतै उनी निकै ब्यस्त भएका कारण हनिमुन मनाउन पाएका थिएनन । तर अब भने उनले हनिमुनको आनन्द लुटनेछन । उनी निकट स्रोतका अनुसार उनले एक डान्स शोको होस्ट गर्दैछन । यस अवसरमा उनले संसारको विभिन्न ठाउहरु घुम्ने मौका पाउनेछन । यहि मौकामा उनले आफ्नो श्रीमतीलाई पनि साथै लैजाने बताइएको छ । कामकै बाहनामा उनले श्रीमतीलाई पनि संसारको विभिन्न ठाउ घुमाउदै हनिमुन मनाउनेछन ।

salluअब तपाई झुक्किनुहोला कि दवंग स्टार सलमान खानले कहिले विवाह गरे ? नझुक्किनोस उनी दवंग स्टार सलमान खान नभई कोरिग्राफर सलमान खान हुन । उनको पुरा नाम सलमान युसुफ खान हो । तस्वीरमा सर्कलभित्र रहेका ब्यक्ति नै सलमान युसुफ खान हुन । उनले गत डिसेम्बरमा आफनो गर्लफ्रेन्ड फैजा हरमनसंग सुटुक्क विवाह गरेका थिए । विवाह पछि ब्यस्तताले गर्दा उनी पत्नीसंग समय बिताउन पाएका थिएनन । तर अब भने उनी पत्नीको साथमा हनिमुन मनाउन निस्कने भएका छन । उनले भर्खरै मात्र रियालिटइ शो ‘खतरो कि खिलाडि’को सुटिङ सकाएका छन । उनले बलिउडका कयौ फिल्ममा कोरियोग्रफी गरिसकेका छन भने फिल्म ‘ए बी सी डी’ मा अभिनय समेत गरिसकेका छन ।

Namaste Filmy

Read Previous

दर्किन्छ झरी, रुझ्दैनन दर्शक: फिल्म समिक्षा । साभार।

Read Next

फिल्म 'टाइगर द रियल हिरो'को दुई गीत रिलिज । अडियो ।