‘प्रेम गीत ३’मा अनुभव रेग्मीको गीतमा समृद्धी शाही ‘ठकुरी’

सुपर हिट चलचित्र ‘प्रेम गीत ‘ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ अहिले निकै चर्चामा रहेको छ । बर्षकै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि कलाकार फाइनल हुने क्रममा अर्को एक कलाकार फाइनल भएकी छिन् । यो सँगै फिल्मको मुख्य भूमिकाका लागि लगभग कलाकारहरु फाइनल भईसकेका छन् ।

बाल्यावस्थाको ‘प्रेम’ अर्थात सानो हुँदाको प्रदिप खड्काको का लागि फाइनल भएका बालकलाकार अनुभव रेग्मीको जोडी फाइनल भएकी छिन् । बाल्यावस्थाको गीतको लागि समृद्धी शाही ‘ठकुरी’ फाइनल भएकी हुन् । समृद्धीले अनुभवको जोडीको भूमिका निभाउनेछिन् । चलचित्रका निर्माता सन्तोष सेनले समृद्धी फाइनल भएको सार्वजनिक गरेका हुन् । उनले लामो समयको खोज पछी समृद्धी अर्थात सानो गीत पाएको बताएका छ्न् । समृद्धीले यही चलचित्रमा सिनेमामा डेब्यु गर्नेछिन् ।

सानो प्रेम अर्थात बाल्यावस्थाको प्रदिपको लागि अनुभव यस अघी नै फाइनल भईसकेका थिए । समृद्धी सँगै चलचित्रको कास्टिङ लाइनअप लगभग फाइनल भएको छ । आशुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा शिब श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, मनिष रावत,पुष्कर कार्की,अनुभव रेग्मी, समृद्धी शाही लगायतको मुख्य अभिनय रहनेछ । यस्तै चलचित्रमा निर्माता सन्तोष सेनको पनि अभिनय रहनेछ ।उनले यस अघी ‘प्रेम गीत २’ मा पनि खलपात्रको भूमिका निभएका थिए ।चैत २८ गतेलाई प्रदर्शन मिती तय गरेको चलचित्रलाई छेतन गुरुङ र निर्माता सेनले संयुक्त रुपमा निर्देशन गर्नेछ्न् ।

Namaste Filmy

Read Previous

‘प्रेम गीत ३’ मा बालकलाकार अनुभवको इन्ट्री

Read Next

चलचित्र ‘माछा माछा’को फर्स्टलुक पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा