आयुष केसी चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा स्वर दिने

भारतकै ठूलो गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो भएका आयुष केसीले चलचित्रमा गीत गाउने भएका छन् । उनले विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा स्वर दिने भएका हुन् ।यसै साता रेकर्ड हुने गीतको भिडियोमा चर्चित बाल कलाकार अनुभव रेग्मीको अभिनय रहनेछ ।

यो चलचित्र आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

विकासको चलचित्रबाट धेरै कलाकारहरुले ब्रेक पाइसकेका छन् र अधिकांश सफल पनि छन् । यसैले गर्दा पनि आयुषको पाश्र्व गायनको डेब्यू सुःखद हुने अपेक्षा गरिएको छ । ‘हजार जुनीसम्म’मा समावेश ‘एमजी रोडैमा’ र ‘आज नगद भोली उधारो’बोलको गीत यसअघि नै सार्वजनिक भैसकेका छन् ।

password

Namaste Filmy

Read Previous

डा.सिके राउतको जीवनीमा ‘डा. सिके राउत : द प्यासन’ नामक चलचित्र निर्माण हुने

Read Next

अक्षय कुमार अभिनित चलचित्र ‘मिसन मंगल’को ट्रेलर सार्वजनिक (भिडियो )