फिल्म 'टाइगर द रियल हिरो'को दुई गीत रिलिज । अडियो ।

[dropcap]छ[/dropcap]यांकन सकाएर प्राविधिक काममा ब्यस्त फिल्म टाइगर द रियल हिरोको दुई गीत को अडियो युटुबमा सार्वजनिक गरिएको छ । मापसे ले मार्यो र होला र मिलन बोलको दुई गीतको अडियो बुधबार युटुबमा रिलिज गरेको हो ।tigerहोला र मिलन यसअघि नै स्रोता दर्शकको अत्याधिक मन जितिसकेको फिल्म हो । यो गीत सी आर बि टि मा पनि उत्कृष्ट डाउनलोड भइरहेको छ । गीतमा अर्जुन पोखरेलको संगीत र दुर्गा खरेलको अवाज रहेको छ । त्यस्तै मापासेले मार्यो बोलको गीत भने केहि दिनअघि मात्र रेकर्ड गरिएको हो । लोकदोहोरी गायक रामजी खांड र गायिका पुर्णकला बिसी ले स्वर दिएको यस गीतमा पनि संगीत अर्जुन पोखरेको संगीत रहेको छ । फिल्मका सार्वजनिक गरिएको यी दुवै गीतले स्रोताहरुको मन जित्ने विश्वास फिल्म युनिटले लिएका छन ।

अगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्मको निर्देशन पछिल्लो समयको ब्यस्त निर्देशक राजु गिरीले गरेका हुन ।
फिल्मलाई शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरीले निर्माण गरेका हुन । फिल्ममा अशोक फुयाल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, दिपक कडेल, उत्तम केसी, अमित पल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, रामजी लामिछानेको नृत्य र मुकेश हुमागाईको छयांकन रहेको छ ।

गीत सुन्नुहोस :

Namaste Filmy

Read Previous

सुटुक्क विवाहपछि हनिमुन मनाउदै सलमान खान ।

Read Next

'अझै पनि' नायिकाले काटिन बर्थ डे केक ।