'अझै पनि' नायिकाले काटिन बर्थ डे केक ।

[dropcap]बु[/dropcap]धबार नायिका पुजा शर्माले एक भब्य कार्यक्रमका बीच आफनो बर्थडे केक काटेकी छीन । उनले चलचित्र अझै पनिको बारेमा जानकारी गराउन आयोजना गरीएको प्रेस मिट समारोहमै बर्थडे केक काटेकी हुन । उनी फिल्म अझै पनि का मुख्य नायिका हुन । त्यसैले फिल्मको मुख्य पात्रकै बिशेष दिन बर्थडे कै अवसरमा फिल्मको प्रेस मिट आयोजना गरिएको हो । पुजाले बर्थडे केक आफना परिवार तथा फिल्मकर्मीलाई खुवाउदै फिल्म आफ्नो लागी बर्थडे गिफ्ट भएको अभिब्यक्ति दिइन ।ajhai paniप्रेस मिटमा पछिल्लो समय चल्तीका दुई निर्देशक आलोक नेम्वाङ र सुदर्शन थापाले फिल्मको बारेमा जानकारी गराएका थिए । आलोकले लामो समयपछि निर्देशन गर्न लागेको फिल्ममा सुदर्शन भने फिल्ममा नायकको रुपमा देखा पर्नेछन । सुदर्शन र पुजा संगै फिल्ममा सुरक्षा पन्त, पुष्प पन्त, बिशाल ढुंगाना लगायतको पनि अभिनय रहनेछ । त्यस्तै मिथिला शर्मा, बिजय लामा र रामशरण पाठकको पनि फिल्ममा केमियो भुमिका रहनेछ ।
फिल्ममा हरि लम्साल, राजनराज शिवाकोटी, सचिन सिंह र महेश खड्काको संगीत रहनेछ भने राजेश श्रेष्ठको छयांकन, अष्ट महर्जन द्धन्द तथा निर्देशक आलोक स्वयमको कोरियोग्राफी रहनेछ । फिल्मको छयांकन शुक्रबारदेखि सुरु हुने बताइएको छ ।ajhai-pani-2
आलोक करिब चार बर्षपछि निर्देशनमा फर्किएका हुन । यसअघि कोहि मेरो निर्देशन गरे पछि उनले निर्देशकको रुपमा चर्चा कमाएका थिए । त्यस्तै यसअघि मधुमास, मेरो एउटा साथी छ लगायतको फिल्म निर्देशन गरेको सुदर्शन थापा भने फिल्मबाट हिरोको रुपमा डेब्यु गर्दैछन ।

Namaste Filmy

Read Previous

फिल्म 'टाइगर द रियल हिरो'को दुई गीत रिलिज । अडियो ।

Read Next

चलचित्र निर्देशक समाजको कार्यसमिती पुर्नगठन ।