चलचित्र निर्देशक समाजको कार्यसमिती पुर्नगठन ।

[dropcap]के[/dropcap]हि दिनअघि मात्र कार्यसमितिमा रहेका जिम्मेवार पदाधिकारीहरुले राजिनामा दिएपछी खैलाबैला मच्चिएको चलचित्र निर्देशक समाजको कार्यसमिती पुर्नगठन भएको छ । राजीनामा दिनेहरुको राजीनामा स्वीकृत गर्दै बुधवार नयां कार्यसमिती गठन गरिएको हो । राजिनामा स्विकृत भएसँगै रिक्त हुन गएको उपाध्यक्ष पदमा सुमन दाहाल र महासचिवमा निलहरी काफ्लेलाई नियुक्त गरिएको छ ।dinesh dc
निर्देशक समाजको विधान – २०५७ को प्रावधान अनुसार रिक्त सचिव पदमा डा. घनश्याम खतिवडा र सह कोषाध्यक्षमा शेखर खनाल चयन भएका छन । त्यस्तै सदस्यहरुमा सम्झना उप्रेती रौनियार र अमोल शर्मा रहेका छन । यसअघी कोषाध्यक्ष रहेका दाहाल उपाध्यक्षमा आएसँगै उक्त पद योगेश घिमिरेलाई जिम्मा दिईएको छ भने बाँकी दुई सदस्य पछि मनोनयन गरिने निर्णय भएको बताईएको छ ।
बैठकले नयाँ कार्यकालपछी भएका बिभिन्न प्रगती विवरण समेत सार्वजनिक गरेको छ । साथै श्रावण १६ गते समाजको साधारण सभाको मिति पनि तय भएको बताईएको छ ।

पुनर्गठित कार्यसमिती यस्तो छः
१) अध्यक्ष – दिनेश डिसी
२) निवर्तमान अध्यक्ष – विमल पौडेल
३) उपाध्यक्ष – सुचित्रा श्रेष्ठ
४) उपाध्यक्ष – सुमन दाहाल
५) महासचिव – नीलहरि काफ्ले
६) सचिव – डा. घनश्याम खतिवडा
७) कोषाध्यक्ष – योगेश घिमिरे
८) सह कोषाध्यक्ष – शेखर खनाल
९) सदस्य – आर. बि. खत्री शरद
१०) सदस्य – सम्झना उप्रेती रौनियार
११) सदस्य – रक्षा सिंह राणा
१२) सदस्य – महेश प्र. ढुङ्गेल
१३) सदस्य – अमोल शर्मा

Namaste Filmy

Read Previous

'अझै पनि' नायिकाले काटिन बर्थ डे केक ।

Read Next

पोखरामा ‘धुन’ को शुभमुर्हत