मंसिर ६ मा आउने भयो आर्यन सिग्देल र मिरुना मगरको चलचित्र ‘चच हुई’

चलचित्र ‘चच हुई’ले रिलिज डेट लिएको छ । मंसिर ६ गते प्रदर्शनमा आउने चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर मुख्य भूमिकामा छन् ।यसअघि ‘च च हुई’ कार्तिक २९ मा आउने खबर थियो ।  तर, एक साता पछाडी सिनेमाले रिलिज लक गरेको छ ।

साम्तेन भुटिया निर्देशित चलचित्रमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायतले पनि अभिनय गरेका छन् ।बिहीबार निर्माता अमृत घोले लामा र वितरक कम्पनी एफडीबीच फिल्मलाई मंसिर ६ गते प्रदर्शन गर्ने सहमति भएको छ । अहिलेसम्म उक्त मितिमा अरु कुनै फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमामा अमृत घोले लामाको लगानी छ ।  सिजन दाहाल र संदेश अर्यालले पटकथा तथा संवाद लेखेको सिनेमामा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘एकलब्य’को दोश्रो गीत सार्वजनिक (भिडियो )

Read Next

फ्राइडे रिलिज : “घर”