फ्राइडे रिलिज : “घर”

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र “घर” रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र” घर “को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

“घर”
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट चलचित्र “घर” प्रदर्शनमा आएको छ।चलचित्र “घर”लाई अर्पण थापाले निर्देशन गरेका हुन् ।चलचित्र ‘घर’मा अर्पण थापा ,बेनिशा हमाल ,अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ ।

पूर्णतया हरर कथामा निर्माण हुने चलचित्र ‘घर’लाई ई डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । एउटा ‘घर’ भित्र हुने घटनालाई चलचित्रले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ ।

डिएस डिजिटल प्रालीको व्यानरमा निर्माण गरिएको यस चलचित्रलाई निर्देशक चलचित्रलाई दिपेन्द्र के खनाल र अभिनेता सुरज पाण्डेले मिलेर निर्माण गरेका हुन् । भने, घरको सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् ।

Namaste Filmy

Read Previous

मंसिर ६ मा आउने भयो आर्यन सिग्देल र मिरुना मगरको चलचित्र ‘चच हुई’

Read Next

साम्राज्ञी र पुष्प अभिनित चलचित्र ‘मारूनी’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो )