साम्राज्ञी र पुष्प अभिनित चलचित्र ‘मारूनी’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो )

साम्राज्ञी राज्य लक्ष्मी शाह र  पुष्प खड्का मुख्य भूमिकामा  रहेको चलचित्र ‘मारूनी’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।’सक्दिन म बाच्न तिमी बिना’ बोलको गीत सार्वजनिक गीतमा  सुरेश वाग्लेको शब्द तथा मेलिना राईको स्वर रहेको छ। गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् ।भिडियोमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर गरिएको छ ।

भदौ १३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारूनी’को यस अघि सार्वजनिक  गीत  ‘जाम न माया जाम’ लाई पनि दर्शक तथा स्रोताले मन पराएका छन् ।
चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का र नव–नायिका रेविका गुरुङको मुख्य भूमिका रहनेछ ।चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन्।

चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्  ।पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् ।निर्मात्री पुनम गौतमको निर्माणमा रहेको चलचित्र ‘मारूनी’ मा गोविन्द फुँयालको कथा तथा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ भने सञ्जय लामाले छायांकन रहेको छ  ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : “घर”

Read Next

स्मिता दाहालको‘जालमैं पार्छु’ गीत सार्वजनिक ,मन्त्री बिना मगर देखि मेयर रेणु दाहाल सम्म पुगे शुभकामना दिन