स्मिता दाहालको‘जालमैं पार्छु’ गीत सार्वजनिक ,मन्त्री बिना मगर देखि मेयर रेणु दाहाल सम्म पुगे शुभकामना दिन

शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच गायिका स्मिता दाहालको नया गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘जालमैं पार्छु’ बोलको गीतको सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री बिना मगर,भरतपुर महानगरकी मेयर रेणु दाहाल ,स्मिता दाहालकी आमा तथा नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकिय सचिव गंगा दाहाल ,गायक रामकृष्ण ढकाल ,कलाकार जितु नेपाल लगायतले स्मिता दाहालको नयाँ गीतलाई सफलताको शुभकामना दिएका थिए । गायिका स्मिता पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।

‘जालमैं पार्छु’ बोलको गीतको स्मिता दाहाल सगै आशिष अविरलको स्वर रहेको छ । एक नारायण भण्डारी शब्द रहेको यस गीतमा संगीत तथा एरेन्ज गायक आशिष अविरलको रहेको छ ।

भिडियोमा अहिलेकी चर्चित मोडल तथा नायिकाआँचल शर्मा र भिजु पार्कीको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविन सिंहले गरेका हुन्। म्यूजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको र सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

Namaste Filmy

Read Previous

साम्राज्ञी र पुष्प अभिनित चलचित्र ‘मारूनी’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो )

Read Next

चलचित्र ‘सरौतो’ को ’टिजर’मा सुमीको एक्सन (भिडियो )