पोखरामा ‘धुन’ को शुभमुर्हत

कृष्ण पौडेलले निर्देशन गर्ने चलचित्र ‘धुन’को बुधबार पोखराको बाराही मन्दिरमा शुभमुर्हत गरिएको छ ।शुभमुर्हतमा नायिका निता ढुंगाना र नायक मुकेश ढकालले मुर्हत सट दिएका थिए ।
10312576_643870798995383_6781061019742669416_n
चलचित्र ‘धुन’ जीवन लुईटेल,निता ढुंगाना,मुकेश ढकाल,श्रेया दुलाल आदिको अभिनय रहने छ । चलचित्र ‘धुन’को  पत्रकार शिव शर्माले नरिवल फोडे मुर्हत गरिएको थियो भने वितरक केदार पराजुलीले क्ल्याप ठोके थिए ।साँगीतिक चलचित्र ‘धुन’लाई मालती शाह, सुशिल शाह, मधुसुदन ढकालले मिलेर निर्माण गर्दै हुन् ।निर्देशक कृष्ण पौडेलको कथा रहेको चलचित्र ‘धुन’मा लक्की सिटौलाको संगीत , अष्ट महर्जनको द्धन्द , बिरेन्द्र भट्टको छायांकन तथा कमल राई र कबिराज नृत्य रहने छ ।
10264280_643870425662087_9060674869903912697_n
करिब ५० लाखको लगानी रहने भनिएको चलचित्र ‘धुन’को ८० प्रतिशत सुटिङ पोखरा वरपरको रमणिय स्थानहरुमा हुनेछ । चलचित्र ‘धुन’ को मुर्हत सगै पोखराको विभिन्न ठाउमा बुधबार बाट नै छायांकन सुरु गरिएको छ ।चलचित्र ‘धुन’निर्देशक पौडेलको पहिलो चलचित्र हो भने  यस अघि उनले थुपै्र चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका छन ।

Namaste Filmy

Read Previous

चलचित्र निर्देशक समाजको कार्यसमिती पुर्नगठन ।

Read Next

ठुलो पर्दामा दिक्पालको डेब्यु। 'रंगबैजनी' शुक्रबारबाट फ्लोरमा।