साम्राज्ञी आर एल शाह प्रेमीसँग इण्डोनेसियामा रोमान्स गर्दै

साम्राज्ञी आर एल शाह वर्तमान समयमा नेपालकी मस्ट डिमाण्डेड अभिनेत्री हुन् । साम्राज्ञीलाई लिएर फिल्म बनाउन चाहने निर्माताहरु टन्नै छन् । ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी साम्राज्ञीलाई पहिलो चलचित्रले नै रातारात स्टार बनाईदियो । ‘ड्रिम्स’ मा साम्राज्ञीले अनमोल केसीको अपोजिट रोलमा काम गरिन् ।

अनमोल सँग काम गर्दा नायिकाहरु अली छायामा पर्ने गर्दछन् । तर साम्राज्ञीको हकमा त्यसो भएन । बरु अनमोल भन्दा साम्राज्ञी अभिनय चर्चा धेरै भयो । ‘ड्रिम्स’ पछी अहिले सम्म पछाडी फर्किन परेको छैन साम्राज्ञीले । उनको नयाँ चलचित्र ‘मारुनी’ प्रदर्शनको तयारी रहेको छ । चलचित्रको दुई वटा गीतहरु सार्वजनिक भईसकेको छ । उक्त चलचित्रलाई बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

चलचित्रको काम भ्याएर साम्राज्ञी अहिले होलिडे मनाईरहेकी छिन् । साम्राज्ञी अहिले होलिडे मनाउनका लागि इण्डोनेसियामा रहेकी छिन् । चलचित्र सँगै साम्राज्ञी बेला बेला अन्य बिषयले पनि चर्चामा आउछिन् । कहिले ब्वाइफ्रेण्ड त कहिले पहिरन ।

हालै मात्र साम्राज्ञीको इण्डोनिसियाबाट यस्तो तस्बिर सार्वजनिक भएको छ कि जसले कलिउड बजार अहिले तातीरहेको छ । होलिडे मनाउन इण्डोनेसिया गएकी साम्राज्ञीले आफ्नो प्रेमी सँग बिचमा खिचाएको केही तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा साम्राज्ञी आफ्नो प्रेमी सँग बिचमा रोमान्स गरिरहेको देख्न सकिन्छ । उनी आफ्नो प्रेमी सँग संबेदनशिल अंगमा चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको हो । तस्बिरमा साम्राज्ञी र उनको प्रेमी ओठमा र छातीमा चुम्बन गरिरहेको देख्न सकिन्छ । यो तस्बिर साम्राज्ञी आँफैले आफ्नो इन्स्टाग्रमको स्टोरीमा राखेकी थिईन् ।

password

Namaste Filmy

Read Previous

प्रभासको ‘साहो’अगष्ट ३० मा रिलिज हुने

Read Next

नीता ढुंगाना अभिनित चलचित्र ‘सोच’को टिजर सार्वजनीक (भिडियो )