


चलचित्र ‘सोच’को टिजर सार्वजनीक गरिएको छ ।एक्शन लभ स्टोरी चलचित्र ‘सोच’को टिजरमा चलचित्रका मुख्य कलाकारहरु प्रज्वल गिरी, नीता ढुंगाना,पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ ।
भदौ २० गते प्रदर्शन हुने यस चलचित्रलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् चलचित्रमा प्रज्वल,नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रमा गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी छ । बिदुर पाण्डेले खिचेको फिल्मको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् । फिल्मले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले बितरण गर्दैछ ।

