चलचित्र ‘लभ यु हमेशा’को टिजर सार्वजनिक (भिडियो )

चलचित्र ‘लभ यु हमेशा’को टिजर सार्वजनिक गरिएको  छ । भाष्कर प्रधान निर्देशित फिल्मको टिजरमा प्रेम, विछोड र एक्सनलाई प्राथमिकता दिइएको छ ।

धर्मा क्रिएसनको व्यानरमा यवन गुरुङ प्रस्तुतकर्ता रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल छन्देलगायतको अभिनय छ । मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिदैछ ।

निर्देशक भास्करकै कथा,शिब ढकालको छायांकन,एनबि महर्जनको द्धन्द्ध निर्देशन,भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।आगामी भदौ २७ गते रिलिज हुने लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

Namaste Filmy

Read Previous

नीता ढुंगाना अभिनित चलचित्र ‘सोच’को टिजर सार्वजनीक (भिडियो )

Read Next

छविराज ओझाकी जेठी श्रीमतीले शिल्पा पोखरेल र छवि बिरुद्ध प्रहरीमा बहुविवाहको उजुरी