एभरेष्ट सूर्य बोहराको चलचित्र ‘भैरे’ युटुब ट्रेण्डिङको शिर्ष स्थानमा (पुरा फिल्म सहित)

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘भैरे’ युटुबमा सार्वजनिक गरिएको छ ।शुक्रबार युटुबमा रिलिज भएको चलचित्र ‘भैरे’ यति बेला युटुब ट्रेण्डिङको शिर्ष स्थानमा पुगेको छ  ।ट्रेण्डिङ नम्बर १ मा आफ्नो स्थान बनाएको चलचित्रले अहिलेसम्म करिब  लाख  दर्शक हेरी सकेका छन्  ।चलचित्रलाई २७  हजारले लाइक गरेका छन् भने डिसलाइक गर्नेको संख्या १४  सयमा सिमित छ । त्यस्तै चलचित्रलाई २६ सय बढि प्रतिकृया मिलेको छ । आएका प्रतिकृयाहरु प्रायः सकरात्मक छन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’ मा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ ।

‘नेपालय सिनेमा ईन्टरनेशनल’को व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लेखबहादुर पुन हुन् । प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माताका रुपमा रहेको चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत सह–निर्माताका रुपमा रहेका छन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई बनिष शाहले सम्पादन गरेका छन् ।

Namaste Filmy

Read Previous

छविराज ओझाकी जेठी श्रीमतीले शिल्पा पोखरेल र छवि बिरुद्ध प्रहरीमा बहुविवाहको उजुरी

Read Next

चलचित्र ‘घर’को शुक्रबार र शनिबार राम्रो व्यापार