ठुलो पर्दामा दिक्पालको डेब्यु। 'रंगबैजनी' शुक्रबारबाट फ्लोरमा।

dikpal[dropcap]दि[/dropcap]क्पाल कार्की सानो पर्दा अर्थात म्युजिक भिडियोको लागी परिचित नाम हो । उनले कयौ म्युजिक भिडियो तथा बिज्ञापनमा अभिनय गरीसकेका छन । अब भने उनलाई ठुलो पर्दाको फिल्ममा देखिने भएको छ । उनको डेब्यु अभिनय रहने फिल्म ‘रंग बैजनी’को शुक्रबारबाट छयांकन सूरु हुने भएको छ । उनी फिल्मको मुख्य र एकमात्र नायक हुन । यसरी ठुलो पर्दामा राम्रा र पाका निर्देशकसंग काम गर्न पाउदा दिक्पालले एकदमै खुशी लागेको सुनाए ।
उनलाई फिल्ममा डेब्यु गराउन लागेका हुन पाका र अनुभवी निर्माता निर्देशक शम्भु प्रधानले । प्रधान करिब १२ बर्ष पछि फिल्ममा फर्किएका हुन । उनले केहि साता अघि राजधानीमा एक कार्यक्रमका बीच फिल्म रंग बैजनी निर्माणको घोषणा गरेका थिए ।dikpal1नुुतन फिल्मसको ब्यानरमा बन्ने फिल्ममा निर्देशक प्रधानकै छोरा शशांक प्रधान को छयांकन रहनेछ ।  त्यस्तै निर्देशक प्रधानको साथी एवं चलचित्र कर्मी बिनोद प्रधानको छोरा फिल्मको संगीतकार हुन । फिल्मको कथा निर्देशक प्रधानकी पत्नी नुतनले लेखेकि हुन ।

फिल्ममा दिक्पालको अतिरिक्त गरिमा पन्त र सुमिना घिमिरे, अर्जुन श्रेष्ठ, प्रकाश अधिकारी, जयन घिमिरे लगायतको पनि मुख्य भुमिका रहनेछ ।

Namaste Filmy

Read Previous

पोखरामा ‘धुन’ को शुभमुर्हत

Read Next

'आवारण' नयां ट्रेलर रिलिज । भिडियो ।