चितवनका उदिप सँग आँचलको प्रेम सम्बन्ध

‘नाई नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो हुँदै ठुलो पर्दामा पुगेकी आँचल शर्मा नेपालकी चर्चित नायिका मध्य एकमा पर्दछिन्।

फिल्म बाहेक बिभिन्न किसिमका कन्ट्रोभर्सीका कारण चर्चामा आईरहेने आँचल चितवनका युवा सँग प्रेम सम्बन्धमा रहेको खुलासा भएको छ । आँचल चितवनका युवा उदिप श्रेष्ठ सँग प्रेम सम्बन्धमा रहेको खुलासा भएको हो ।

बिशेष स्रोतका अनुसार यो दुई केही समययता प्रेम सम्बन्धमा रहेका छन् । दुबैले यो कुरा खास्सै बाहिर सार्वजनिक नगरे पनि प्रेम सम्बन्धमा रहेको स्रोतको दाबी रहेको छ । नायक पल शाह सँगको प्रेम सम्बन्ध रहेको भनी चर्चा हुने गरेता पनि दुबैले त्यसलाई बारम्बार अस्विकार गर्नुले आँचल र उदिप प्रेम सम्बन्धमा रहेको अड्कल काट्न सकिन्छ । यि दुईको प्रेम सम्बन्धले विवाहको रुप लिने समेत स्रोतले जनाएको छ ।

आँचल र उदिप यही बर्ष भित्र विवाह बन्धनमा बाँधिने उदिपको पारिवारिक स्रोतले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार यि दुई यही बर्षको भाद्र महिनामा विवाह गर्दैछन् । उदिप पेशाले डाक्टर हुन् ।

Namaste Filmy

Read Previous

सार्वजनिक भयो ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत

Read Next

रमित ढुंगानाको अभिनय रहने चलचित्र ‘राजासाहेब’को घोषणा र शुभ मुहुर्त