‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ मा कभर डान्स कम्पिटिसन आह्वान, उत्कृष्ट हुनेलाई १ लाख

सुपरहिट चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ बोलको गीत सोमबार मात्रै रिलिज भएको थियो । सोमबार (हिजो) रिलिज भएको उक्त ‘दुब्यो फुल्यो’ बोलको गीतको ‘डान्स कभर कम्पिटिसन’ हुने भएको छ । गीत युट्युबमा सार्वजनिक भए लगत्तै निर्माण युनिटले ‘डान्स कभर कम्पिटिसन’ आह्वान गरेको हो ।

उक्त गीतको कभर भिडियो बनाएर ओएसआर डिजिटलको मेल आइडी osrdigitalnp@gmail.com पठाउन सकिने निर्माण युनिटले जानकारी दिएको छ । उक्त कभर डान्स कम्पिटिसनबाट उत्कृष्ट हुनेलाई आकर्षक उपहार दिईने बताईएको छ ।कम्पिटिसनको विजेताले १ लाख रकम तथा दोस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुनेले ५१ हजार नगद प्राप्त गर्ने निर्माण युनिटले जानकारी दिएको छ ।

गीतमा अभिनेता दयाह्याङ राई, कर्मा शाक्य र विल्सन बिक्रम राईले अभिनेत्री उपसना सिंह ठकुरी सँग ठुम्का मारेका छन् । तिनै जना अभिनेताहरु उपसनाको पछी लागेको देख्न सकिन्छ । तर उपासनाको बिहे विलसन सँग हुन लागेको गीतले संकेत गर्दछ ।

सार्वजनिक लोक लयको गीतमा हर्क साउदको शब्द तथा एस डि योगीको संगीत रहेको छ ।गीतमा हेमन्त राना र ॠतिका श्रेष्ठको आवाज रहेको छ । संगीत संयोजन भने रिकेश गुरुङको रहेको छ । गीतको भिडियोमा चर्चित डान्स ग्रुप वाइल्ड रिपर्जको कोरियोग्राफी रहेको छ । टिजरबाट राम्रो हाईप बनाएको चलचित्रलाई यो गीतले झनै राम्रो हाईप मिल्ने देखिन्छ ।

बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ लाई निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको हुन् । मनिराम पोख्रेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको छ । चलचित्रमा दयाह्याङ, कर्मा, विल्सन र उपासनाको अलावा रिश्मा गुरुङ, बुद्दी तामाङ, कबिता आले, कमलमणी नेपाल, अरुणा कार्की लगायतको पनि अभिनय रहेको छ ।

रुदेन सेडा लेप्चा कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र कार्कीको सिनेमाटोग्राफी रहेको छ । चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा रेनेशा बान्तवा राईको कोरियोग्राफी रेहेको छ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ भाद्र १३ गते प्रदर्शन हुनेछ ।

Namaste Filmy

Read Previous

प्रभासको ‘साहो’ पोस्टपोन्ड हुँदा श्रावण ३० मै रिलिज हुने भयो ‘हजार जुनी सम्म’

Read Next

चलचित्र ‘हिरो नं. १ ‘को गीतमा जय किशन बस्नेत र एलिना रायमाझीको रोमान्स (भिडियो )