चलचित्र ‘हिरो नं. १ ‘को गीतमा जय किशन बस्नेत र एलिना रायमाझीको रोमान्स (भिडियो )

चलचित्र ‘हिरो नं. १ ‘को “मेरी नक्कली” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।मधुसुदन डाँगीको शब्द तथा  हरि थापाको संगीत रहेको गीतमा तथा मेलिना राई र म्याक्स नेपालको स्वर रहेको छ ।सार्वजनिक भएको गीतको भिडियोमा नायक जय किशन बस्नेत र एलिना रायमाझी फिचर्ड छन् ।

अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहेको यस चलचित्रमा जय किशन बस्नेत, जाहन्वी बस्नेत, एलिना रायमाझी, राजिव जंग बस्नेत, लय संग्रौला, संघरत्न महर्जन, टार्जन, शोभित बस्नेत, राजु गिरी, आशिका अधिकारी, आरोही श्रेष्ठ, माया तामाङ, रमा श्रेष्ठ, प्रनिप अधिकारी, बिक्रम माङ्मु, रामजी राउत, ज्ञान कुमार कट्टेल, शुभेक्षा थापा, माया उपरकोटी, राजेश जंग बस्नेत, मदन ताम्राकार, रवि के.सी लगायतले अभिनय रहेको छ ।

जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘हिरो नं. १ ‘मा जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् ।चलचित्रमा बिनोद सापकोटाको छायाँकन, शंकर महर्जनको द्वन्द, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत रहेको छ ।चलचित्र असोज ३ गते देखि प्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ मा कभर डान्स कम्पिटिसन आह्वान, उत्कृष्ट हुनेलाई १ लाख

Read Next

चलचित्र साइनो’को आइटम गीतमा नीताको आकर्षक नृत्य (भिडियो )