प्रभासको ‘साहो’ र ‘कबड्डी कबड्डी कबड्डी’ होला त् भिडन्त ?

नेपाली चलचित्र क्षेत्रमा बलिउड र हलिउडको प्रभाव राम्रै पर्ने गरेको छ । बलिउड र हलिउडको फिल्मले नेपाली चलचित्रको ब्यापारमा पनि राम्रै असार पार्ने गरेको छ । बलिउड र हलिउडका प्रतिक्षित फिल्म प्रदर्शन हुने दिन नेपाली निर्माताहरु आफ्नो फिल्म हल छिराउन मान्दैनन् ।

सामान्य अर्थमा भन्न पर्दा बलिउड र हलिउडका प्रतिक्षित फिल्म सँग नेपाली निर्माताहरु डराउने गर्दछन् । नडराउन पनि कसरी जब कि नेपालमा उनिहरुकै असर राम्रो देखिन्न । कुनै पनि निर्माता आफ्नो लगानीमा पानी हाल्न चाहदैनन् ।

हालै मात्र पनि पाका निर्देशक बिकासराज आचार्यले दक्षिण भारतीय फिल्मको कारण ‘हजार जुनी सम्म’ को प्रदर्शन मिती फेरबदल गरे । सुरुमा उनले श्रावण ३० गतेलाई ‘हजार जुनी सम्म’ को रिलिज डेट लक गरे । चलचित्रको पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक हुँदा पनि श्रावण ३० गतेलाई नै प्रदर्शन मिती उल्लेख गरेका थिए । तर दोस्रो गीत ‘आज नगद भोली उधारो’ सार्वजनिक गर्दा त्यो मिती भाद्र ६ मा पुग्यो । यसको कारण थियो साउथका सुपरस्टार प्रभास अभिनित फिल्म ‘साहो’ ।

प्रभासको ‘साहो’ श्रावण ३० मै रिलिज हुने भएपछी आचार्य पछे हटे । तर पछी ‘साहो’ श्रावण ३० बाट भाद्र १३ मा सरे पछी आचार्यले ‘हजार जुनी सम्म’ लाई फेरी पुर्व निर्धारित मिती अर्थात श्रावण ३० मै फर्काए । ‘साहो’ सँग ‘हजार जुनी सम्म’ नजुध्ने त पक्का भयो तर अब अर्को नेपाली चलचित्रलाई ‘साहो’ ले तनाबमा पार्ने देखिएको छ । सुपर डुप्पर हिट नेपाली चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ भाद्र १३ मा रिलिज हुँदैछ । अब तनाब त यो छ कि श्रावण ३० गतेबाट पछी हटेको ‘साहो’ भाद्र १३ गते रिलिज हुने भएको छ जुन दिन यस अघी नै ‘कबड्डी कबड्डी कबड्डी’ ले हल छिर्ने निधो गरिसकेको छ ।

यस्तोमा के अब ‘साहो’ सँगै हल छिर्ला त ‘कबड्डी कबड्डी कबड्डी’ ? यो अहिलेको चर्चाको बिषय बनेको छ । एक त प्रतिक्षित भारतीय फिल्म सँग नेपाली फिल्म एक साथ हल छिरेको कमै मात्र देखिन्छ । अझ भनौ यो अपबाद जस्तै हो । त्यही माथि प्रभास अभिनित दक्षिण भारतिय फिल्म ‘साहो’ । प्रभास त्यही अभिनेता हुन् जसले ‘बाहुबली’ र ‘बाहुबली २’ जस्ता किर्तिमानी फिल्म गरेका छन् । प्रभासको फिल्म भन्ने बित्तिकै दर्शकको भिड थामी नसक्नु हुन्छ । यस्तोमा ‘कबड्डी कबड्डी कबड्डी’ ले रिक्स मोल्छ त ? यो अहिलेको चर्चाको बिषय हो ।

हुन त कबड्डीको यस अघी रिलिज भएका दुई वटै सिक्वेलले छुट्टै ब्राण्ड बनाएको छ । ति दुबै सिक्वेल दर्शकले औधी रुचाएका हुन् । ‘कबड्डी’ नाम नै काफी छ । तर यस पटक ‘साहो’ सँग जुध्दा ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न दर्शक कत्तिको जान्छन् यो उनुत्तरित प्रश्न जस्तो रहेको छ । यस अघीका दुई सिरिज रिलिज हुँदा त्यती सारो असर पार्ने बलिउड फिल्म रिलिज भएका थिएनन् ।

२०७१ बैशाख १२ गते ‘कबड्डी’ रिलिज हुँदा तीन बलिउड फिल्म रिलिज भएका थिए । तर ति तिनै वटा बलिउड फिल्म नेपाली चलचित्रलाई असर गर्ने क्षेमताका थिएनन् । ‘कान्छी’ ‘रिभल्भर रानी’ र ‘सम्राट एण्ड सिओ’ गरी यि तीन फिल्म रिलिज भएका थिए जसमा नेपाली चलचित्रलाई असर गर्न सक्ने क्षेमता थिएन ।

२०७२ मंसिर ११ गते ‘कबड्डी कबड्डी’ रिलिज हुँदा दुई बलिउड फिल्म रिलिज भएका थिए । ति दुबै फिल्म पनि खास्सै नेपाली चलचित्रलाई असर गर्ने क्षेमताका थिएनन् । रनबिर कपुर र दीपिका पादुकोण अभिनित ‘तमासा’ सोही मितीमा आएको थियो । जसले ‘कबड्डी कबड्डी’ लाई खास्सै असर गर्ने देखिएको थिएन । अर्को फिल्म ‘एङ्री इन्डियन गड्डेस’ त नेपालमा रिलिज नै भएन । यसरी हेर्दा यस अघीका दुई सिरिजकै मितीमा बलिउडका बहुप्रतिक्षित फिल्म रिलिज भएका थिएनन् । तर ‘कबड्डी कबड्डी कबड्डी’ को हकमा भने त्यस्तो छैन । किनकी यस पटक ‘कबड्डी कबड्डी कबड्डी’ सँगै आउँदैछ लामो समय देखी दर्शकहरुले निकैनै प्रतिक्षा गरिरहेको बहुप्रतिक्षित फिल्म ‘साहो’ । यो फिल्मलाई लिएर नेपाली दर्शकहरु पनि उत्तिकै उत्साहित छ्न् ।

हुन त ‘कबड्डी कबड्डी कबड्डी’ का निर्देशक रामबाबु गुरुङ आँफैमा उत्कृष्ट निर्देशक हुन् । उनले निर्देशन गरेका फिल्महरुमा खोट लगाउने ठाउँ हुँदैन । यसको उदाहरणको लागि अरु केही हेर्नु पर्दैन, ‘कबड्डी’ को दुई सिक्वेल नै काफी छ । तर कहिले काही फिल्म राम्रो हुँदा हुँदै पनि प्रतिक्षित बलिउड फिल्मका कारण सोचे जती दर्शक हल सम्म पुग्दैनन् । ‘कबड्डी’ त्यस्तो फ्रान्चाईज फिल्म हो जसले नेपाली फिल्म नि हेर्छ भन्ने दर्शकहरुलाई हल सम्म पुग्न वाध्य बनाएको थियो । नेपाली फिल्म नि हेर्छ भन्दै नाक खुम्चाउने दर्शकहरुलाई हल सम्म तान्न सफल भएको थियो । तर यस अघीका दुई सिरिजको जस्तो सजिलो भने छैन ।

अर्को तर्फबाट हेर्दा कहिले सम्म यसरी भारतीय फिल्म सँग डराउने भन्ने प्रश्न पनि उब्जिन्छ ।केही नेपाली फिल्मले बहुप्रतिक्षित भनिएको भारतीय फिल्मलाई हलमा पछारेको उदाहरण पनि नभएका होइन । तर त्यस बेला ‘साहो’ जस्तो फिल्म थिएन । ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर आउन बाँकी नै छ । फिल्म पछी सर्नेछ अथवा रिक्स लिएरै भए पनि ‘साहो’ सँगै मैदान उत्रनेछ, यो पर्ख र हेर को अवस्थामा छ ।

हामीले यसो भनेर ‘कबड्डी कबड्डी कबड्डी’ लाई कमजोर देखाउन खोजेको भने पक्कै होइनौ । कतै पनि खोट लगाउने ठाउँ नभएका नेपाली चलचित्र पनि भारतीय फिल्मको कारण हलबाट निराश हुँदै उत्रिनु परेको उदाहरण टन्नै छन् । ‘कबड्डी कबड्डी कबड्डी’ को हकमा त्यस्तो नहोस् भन्ने हाम्रो चाहना हो । यसै पनि सधैं भारतीय फिल्मको कारण नेपाली चलचित्र आफ्नो पुर्वनिर्धातित प्रदर्शन मितीबाट पछी हट्ने ट्रेण्ड अन्त्य हुन जरुरी छ । आशा गरौ कि ‘साहो’ सँगै रिलिज भएको खण्डमा ‘कबड्डी कबड्डी कबड्डी’ ले गतिलो जवाफ दिन सफल होस्, हाम्रो शुभकामना ।

Namaste Filmy

Read Previous

ऋतिक रोशनको चलचित्र ‘सुपर ३०’ सय करोड क्लबमा

Read Next

शिल्पा पोखरेल र छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतको आदेश