शिल्पा पोखरेल र छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले डिसीनेपालसँग कुरा गर्दै पक्राउ पूर्जी प्राप्त भएको पुष्टि गरे ।

३ दिनअघि छविकी पहिली पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । यही उजुरीका आधारमा उनीहरुलाई पक्राउ पूर्जी जारी गरिएको हो । छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन् । यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजाय समेत पाउन सक्छन् ।

Namaste Filmy

Read Previous

प्रभासको ‘साहो’ र ‘कबड्डी कबड्डी कबड्डी’ होला त् भिडन्त ?

Read Next

‘प्रेमगीत ३’का लागि प्रदीप खडका देखि कृष्टिना गुरुङ सम्मले घोडा सवारीको अभ्यास गर्दै (भिडियो)