‘प्रेमगीत ३’का लागि प्रदीप खडका देखि कृष्टिना गुरुङ सम्मले घोडा सवारीको अभ्यास गर्दै (भिडियो)

छायांकन सुरु नहुदै निकै चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’मा पूरानादेखि नयाँ कलाकारहरुसम्म यो फिल्ममा अनुबन्धित भएसँगै फिल्मको चर्चा निकै चुलिएको छ ।अडिसनमा २७ सय भन्दा बढी प्रतिस्पर्धीहरुलाई उछिन्दै फिल्मको मुख्य अभिनेत्री अर्थात ‘गीत’ पात्रको लागि कृष्टिना गुरुङ छनौट भइसकेकी छन् ।

यो वर्षको बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘प्रेमगीत ३’को मा  कलाकार शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, नव–नायिका कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाहीको मुख्य भूमिकाको लागि फाइनल भएका छन् ।
https://www.youtube.com/watch?v=NVNxTcWiKEs&t=26s
यति बेला चलचित्रका कलाकारहरु प्रदीप खड्का, शिव श्रेष्ठ,कृष्टिना गुरुङ, सन्तोष सेन, नव–नायक मनिष राउत, प्रेम पुरी, पस्कर कार्की, सुनिल थापा, अनुभव रेग्मी लगायत कलाकारहरुले घोडा सवारीको अभ्यास गरिरहेका छन् ।यस फिल्मको लागि यतिबेला जोड–तोडका साथमा तयारी भइरहेको निर्माता सेनले जानकारी गराएका छन् ।फिल्मको लागि यतिबेला मुख्य कलाकारहरु घोडा सवारीको अभ्यास गरिरहेका छन् ।

सिनेमालाई छेतेन गुरुङ र सन्तोष सेनले संयूक्त रूपमा निर्देशन गर्नेछन्। दशैंपछि छायाँकनमा जाने सिनेमा चैत २८ गते रिलिज हुनेछ ।
फिल्मको कथा निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

Namaste Filmy

Read Previous

शिल्पा पोखरेल र छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतको आदेश

Read Next

नायिका पूजा शर्मा २० लाख पारिश्रमिकमा नया फिल्म खेल्दै ,पूजाको यो वर्ष चार फिल्म