'आवारण' नयां ट्रेलर रिलिज । भिडियो ।

 awaran [dropcap]प्र[/dropcap]दर्शन मिति नजिकिदै गर्दा चलचित्र ‘आवारण’को नयां ट्रेलर रिलिज गरिएको छ । आगमी जेठ २ मा अलनेपाल रिलिजको तयारीमा रहेको फिल्मको यसअघि नै एक ट्रेलर तथा गीतहरु सार्वजनिक भइसकेका थिए । फिल्मको पब्लिसिटीका निर्देशक सहितको एक टोली देश दौडहाकै क्रममा रहेका बेला फिल्मको नयां ट्रेलर आउट भएको हो ।

हरर एलिमेन्टहरु मिक्स भएको फिल्मको निर्देशन सुवास कोइरालाले गरेका हुन । फिल्मलाई एयर क्रिऊ प्रोडक्सनको प्रस्तुतीमा अनिल योञ्जन, लक्ष्मी लामा, रोजन श्रेष्ठ, सविता राई, पवित्रा योञ्जन ले संयुक्त रुपमा निर्माण गरेका हुन । प्रियंका कार्कीको मुख्य भुमिका रहेको फिल्ममा दिव्य देव, शुशिलराज पाण्डे, रवि गिरी, नरेश पौडेल, अनुभव रेग्मी, सुनिता ठाकुर लगायतको अभिनय रहेको छ ।
हाल फिल्मको ब्यापक प्रचारप्रचार गर्नका लागी निर्देशक कोइराला, नायिका कार्की लगायतको एक टोली देशका विभिन्न मुख्य शहरहरुमा पुगिरहेका छन । उनीहरु चितवन, बुट्वल, धरान, पोखरा लगायतका स्थानमा फिल्मको पब्लिसिटीका लागी पुगेका हुन ।

ट्रेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

ठुलो पर्दामा दिक्पालको डेब्यु। 'रंगबैजनी' शुक्रबारबाट फ्लोरमा।

Read Next

कानुनी रुपमै डिभोर्स गर्दैछन, ऋतिक र सुजैन ।