बलिवुड अभिनेत्री विद्या वालनले अब फिल्म निर्माण गर्ने

बलिवुड अभिनेत्री विद्या वालन अब निर्मात्री बनेकी छन् । सात बर्ष अगाडी निर्माता सिद्धार्थ रोय कपुरसँग विवाह गरेकी अभिनेत्री वालनले युटिवीका सस्थापक रोनी स्क्र्विवालासँग मिलेर सुरुमा सर्ट फिल्म निर्माणमा कदम अगाडी बढाएकी छन् ।

सो फिल्मको नाम नटखट राखिएको छ । फिल्म सामाजिक मुद्धामा बन्न लागेको बताइएको छ । फिल्ममा बलात्कार, घरेलु हिँसा, महिलामाथि हुने अन्यायका विषयमा बन्न लागेको बताइएको छ । फिल्ममा विद्याले प्रमुख भूमिका निभाउदै छन् । यस फिल्मको निर्देशन शान व्यासले गर्दै छन् ।बिध्याको अहिले नयाँ फिल्म अक्षयकुमारसँग मिसन मंगल रिलिज हुने क्रममा छ । मिसन मंगल अगस्त १५ मा रिलिज हुदै छ ।

Namaste Filmy

Read Previous

नायिका पूजा शर्मा २० लाख पारिश्रमिकमा नया फिल्म खेल्दै ,पूजाको यो वर्ष चार फिल्म

Read Next

चलचित्र ’झिङ्गेदाउ’ मा आँचल शर्माको इन्ट्री