फ्राइडे रिलिज : ‘एकलब्य’

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘एकलब्य’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘एकलब्य’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘एकलब्य’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट चलचित्र ‘एकलब्य’ प्रदर्शनमा आएको छ।चलचित्र ‘एकलब्य’ लाई अनमोल शर्माले निर्देशन गरेका हुन् ।यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित छ । जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ ।

‘एकलब्य’मा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुन सहितको अभिनय रहेको छ ।

‘एकलब्य’लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ’झिङ्गेदाउ’ मा आँचल शर्माको इन्ट्री

Read Next

चलचित्र ‘मारुनी’को प्रचार प्रसार गर्ने फरक तरिका