चलचित्र ‘मारुनी’को प्रचार प्रसार गर्ने फरक तरिका

पछिल्लो समय नेपाली चलचित्र प्रचार प्रसार गर्न तरिका फेरिएको छ ।यस्तै फरक तरिका बाट प्रचार प्रसार गर्दैछ भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’ले चलचित्रको विषयमा ठुला ठुला होटल र महँगो खर्च भन्दा पनि स्थानीय स्तरमै स्थानीय व्यक्तिहरुलाई अति सामान्य तरिकावाट जानकारी दिदै गरेको तस्विर सार्वजनिक भएको छ ।

प्रशिक्षक तथा कलाकार माधव केसीको सहयोगमा इटहरीमा विभिन्न सिप मुलक तालिमको प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरुलाई मारुनीको बारे जानकारी दिइरहेका छन् । कुक,सिलाइ बुनाइ ,प्लम्बर,इलेक्ट्रीसियन सम्बन्धी प्रशिक्षण लिइ रहेका स्थानीय व्यक्तिलाई मारुनी सम्बन्धि जानकारी दिदै फिल्म जनामानस सम्म पुर्याउने प्रयास भएको छ । धेरै होहल्ला मन नपराउने फिल्मका निर्देशकले फिल्म सबैका लागि भएको कारण स्थानीय स्तरमा पुर्याउने यो प्रयासमा सहायोग गर्ने केसीलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रम झापा,मोरङ्ग,सुनसरी,धनकुटा र संखुवासभा लगायत स्थानमा समेत जारी रहनेछ।

चलचित्र ‘मारुनी’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ ।नवल नेपालको निर्देशन रहेको फिल्ममा अर्जुन श्रेष्ठ ,आयुश प्रधान, बिनोद भट्टराई , सम्पदा बानियाँको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पुनम गौतमले निर्माण गर्नु भएको हो । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘एकलब्य’

Read Next

शिव परियारको स्वरमा मार्मिक गीत ‘प्रेमको फूल’ को भिडियो सार्वजनिक