कानुनी रुपमै डिभोर्स गर्दैछन, ऋतिक र सुजैन ।

[dropcap][/dropcap]न्तत बलिउड सुपर हिरो ऋतिक रोशन र उनकी पत्नी सुजैन ले सम्बन्धबिच्छेदको कानुनी प्रक्रिया सुरु गरेका छन । केहि महिनाअघि देखि नै अलग अलग बस्दै आइरहेका यी जोडीले कानुनी रुपमा सम्बन्ध बिच्छेद भने गरेका थिएनन । अब भने यी दुईले कानुनी रुपमा अलग हुने निर्णय गरेका हुन ।hritik and sujenउनीहरुले बुधबार बांद्रास्थित एक फैमिली कोर्टमा मुद्दा दर्ता गराएका हुन । उनीहरुको मुद्दामाथी अगामी अक्टोबर ३१ बाट सुनुवाई सुरु हुनेछ । त्यहि सुनुवाईबाटै ऋतिक र सुजैनका दुई सन्तान कसको साथमा रहने भन्ने फैसला पनि हुने बताइएको छ । उनीहरुका दुई छोरा रीदान र रेहान रहेका छन । हाल दुवै छोराहरु आमा सुजैनको साथमा बस्दै आइरहेका छन ।
औपचारिक रुपमा सम्बन्ध बिच्छेद नगरिएकाले ऋतिक आफ्ना छोराहरु भेट्न बेलाबेलामा सुजैनको घर जाने गरेका थिए । तर अब अदालतको फैसलापछि छोराहरु कसको साथमा रहने निश्चित हुनेछ ।
ऋतिक र सुजैन सन २००० मा वैवाहिक बन्धनमा बाधिएका थिए । तर पारिवारिक जीवनमा ब्यापक किचलो सुरु भए पछि गत डिसेम्बरमा यी दुईले अलग रहने घोषणा गरेका थिए ।

Namaste Filmy

Read Previous

'आवारण' नयां ट्रेलर रिलिज । भिडियो ।

Read Next

फ्राइडे रिलिज : 'वल्ड कप इन नेपाल 'र ‘माया गर ल’