शिव परियारको स्वरमा मार्मिक गीत ‘प्रेमको फूल’ को भिडियो सार्वजनिक

नेपाली सुगम संगीतमा लामो समय देखी राज गरिरहेका गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ । शिवको स्वरले भरिएको ‘प्रेमको फूल’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा प्रेममा धोका पाउदोको पिडा समेटिएको छ ।

आफुले माया गर्ने मान्छेले आँफैलाई घात गर्दाको कथालाई गीतमा प्रस्तुत गरिएको छ । ‘स्‍मृति’ एल्बममा समेटिएको उक्त गीतमा राजेश आचार्यको शब्द तथा भुपु पाण्डेको संगीत रहेको छ । गीत वास्तविक प्रेम कथामा आधारित रहेको बताईएको छ ।

गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ, बर्षा राउत र कमल सिंहको फिचरिङ्ग रहेको छ । शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीत युट्युबमा सार्वजनिक भए लगत्तै धेरैले निकै मन पराएका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘मारुनी’को प्रचार प्रसार गर्ने फरक तरिका

Read Next

स्वस्तिमा र आर्यन अभिनित ’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक (भिडियो)