बलिउड अभिनेत्री सन्नी लिओनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक

बलिउड अभिनेत्री सन्नी लिओनीको एक आइटम गीतमा नृत्य र केहि संवादसहितको दृश्य रहेको चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनी पनि अटाएकी छन् ।एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ ।

भदौ २७ गते रिलिज हुने चलचित्र  ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्  । चलचित्रमा  सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा  अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको  ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन्  ।

Namaste Filmy

Read Previous

चलचित्र ‘घर’ले शनिबार सम्म १ करोड कलेक्शन गरेको निर्माताको दाबी

Read Next

सहिमा श्रेष्ठको तीज गीतमा निता ढुंगाना ‘हर हर महादेव’ भन्दै (भिडियो)