फ्राइडे रिलिज : 'वल्ड कप इन नेपाल 'र ‘माया गर ल’

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात बैशाख १९ गते दुई नेपाली चलचित्र ‘वल्ड कप इन नेपाल ‘र ‘माया गर ल’ प्रदर्शनमा आएको छ । यसपटकको फ्राइडे रिलिजमा रहेका चलचित्र’ ‘वल्ड कप इन नेपाल ‘र ‘माया गर ल’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :

‘वल्ड कप इन नेपाल”

world cup in nepal

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘वल्ड कप इन नेपाल”प्रदर्शनमा आएको छ ।चलचित्र बिकास बोर्डले बिशेष चलचित्रको रुपमा पुरस्कृत गरिसकेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन । फुटबल खेल्ने किशोर हरुले बिश्वकपको सपना साचेको बिषयमाथी फिल्म तयार भएको हो । प्रकाश थापाको प्रस्तुतीमा राम तामाङ निर्माता रहेको फिल्मको सहनिर्माताको रुपमा बिदुर बिष्ट र सुर्य सिंखडा रहेका छन । फिल्ममा गोपाल अर्याल, सोनु केसी, सर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, उमेश थापा लगायत एन्फा अन्डर १९ का खेलाडिहरुको समेत अभिनय रहेको छ । फिल्मको छयांकन मनिष पन्थले गरेका हुन भने फिल्ममा जुगल डंगोलको संगीत एवं कृष्ण भक्त मानन्धरको नृत्य रहेको छ ।

‘माया गर ल’
maya gara la
माया प्रेम र संघर्षका कथा देखाइएको नेपाली कथानक चलचित्र “माया गर ल “फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आएको छ । बोगटेश्वर फिल्म प्रोडक्सनको दोस्रो प्रस्तुतिमा रामकेशर बोगटिले निर्माण गरेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन ।फिल्मको निर्माताहरुमा मनोज घिमिरे र रविन बोगटी रहेका छन । फिल्ममा मुकेश ढकाल, भुपेन चन्द, सौजन्य सुब्बा, ऋचासिंह ठकुरी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । शिवम अधिकारीको लेखन, सुरेश अधिकारीको संगीत, शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन ।

 

Namaste Filmy

Read Previous

कानुनी रुपमै डिभोर्स गर्दैछन, ऋतिक र सुजैन ।

Read Next

नायिका रेखा थापाको छबिराज ओझालाई खुल्ला सुझाब (पूर्ण विवरण)