सहिमा श्रेष्ठको तीज गीतमा निता ढुंगाना ‘हर हर महादेव’ भन्दै (भिडियो)

अभिनेत्री निता ढुंगानाले नृत्य गरेको तीज गीत ‘हर हर महादेव’को भिडियो सार्वजनिक गरिएको छ । गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीतको शब्द रचना अमर वान्तुले गरेका हुन् । सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

शनिवार राजधानीमा रात्रिभोज सहितको एक कार्यक्रमको आयोजना गर्दै तीज गीतसँगै आधुनिक गीति संग्रह ’अमर भावना २’को विमोचन गरिएको थियो ।कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानासँगै गायिका सहिमा श्रेष्ठलाई फिचर्ड गरिएको छ । सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बस्ने युवतीको कथा गीतमा उतारिएको छ । गीतको भिडियोलाई अभिनेत्री तथा कोरियोग्राफर पवित्रा आचार्यले निर्देशन गरेकी हुन् । सुप्रिम पराजुलीको सम्पादन गरेको गीतको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् । गीतमा नृत्य गर्ने कलाकारलाई सिल्क फेशनले पहिरन उपलब्ध गराएको छ ।

हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आइरहेकी सहिमाले ’हर हर महादेव’ बोलको गीतलाई पनि दर्शकले आफ्ना अघिल्ला तीज गीतझैँ रुचाउनेमा विश्वास व्यक्त गरेकी छन् । उक्त कार्यक्रममा अमर भावना २ एल्बममा समावेश एक आधुनिक गीतको भिडियो समेत देखाईएको थियो । हाल तीज गीतको भिडियोलाई मात्र इन्टरनेटमा रिलीज गरिएको छ । भने, आधुनिक गीत भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ ।

बसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको ’तिम्रो शहर’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन् । गीतको भिडियोमा नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्माको अभिनय छ । पूर्वमन्त्री एवं गीतकार एस.पि. कोईराला प्रमूख अतिथी रहेको एलबम विमोचन समारोहमा बरिष्ठ गीतकार राजेन्द्र थापा, सिनेमा निर्देशक दिपाश्री निरौलाका साथै संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री सन्नी लिओनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक

Read Next

धुर्मुस सुन्तलीले रगंशालासगै चलचित्र निर्माण गर्ने,चितवनमा नै छायांकन हुने