धुर्मुस सुन्तलीले रगंशालासगै चलचित्र निर्माण गर्ने,चितवनमा नै छायांकन हुने

चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माण अभियानमा ब्यस्त रहेका हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गर्ने चलचित्रको नाम ‘छलकपट’ हुने भएको छ । यस अघी चलचित्रको नाम ‘एन्टीभाईरस’ राख्ने भनिएको थियो । तर पछी चलचित्रको नाम ‘सेन्टीभाईरस’ राख्ने चर्चा चल्यो । अहिले आएर चलचित्रको नाम ‘छलकपट’ हुने भएको छ ।


लामो समय देखी चलचित्र निर्माण गर्ने भन्ने चर्चा चले पनि रगंशाला निर्माण अभियानमा ब्यस्त भएकाले उनिहरुले तत्काललाई लागि त्यसलाई पछी सरेका थिए । कलाकार धुर्मुसले अरु भन्दा पनि रगंशाला अहिलेको आवश्यकता भएकोले चलचित्रको कामलाई तत्कालको लागि पछी सारेको बताएका थिए । तर गत जेष्ठ १५ गतेको घटना पछी रगंशालाको काम रोकिएकोले उनिहरु चलचित्रको काममा लागेका थिए । यद्दपी अहिले रगंशालाको काम पुन शुरु भईसकेको छ ।चलचित्रको कामले रगंशाला निर्माण अभियानमा कुनै असार नपुग्ने धुर्मुसको भनाई छ ।

केहि दिनमा नै चलचित्रको अधिकारिक घोषणा गरे तयारीमा रहेका सिताराम कट्टेल (धुर्मुस)को चलचित्र ‘छलकपट’ चितवनमा नै छायांकन हुनेछ ।चितवनमा नै रगंशाला निर्माणनिर्माण सगै चलचित्र पनि निर्माण गरिने धुर्मुसले बताए ।

चलचित्रलाई निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने बताईएको छ । उनी निर्देशित सुपरहिट चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ भाद्र १३ गते प्रदर्शन हुँदैछ । ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन भए पछी ‘छलकपट’ फ्लोरमा जाने बताईएको छ ।

कमेडी जनरामा बन्ने चलचित्रमा ‘धुर्मुस सुन्तली’ नै मुख्य भूमिकामा रहेनेछन् । चलचित्रको लागि यति बेला धुर्मुसले जुँगा समेत पालेका छन्।चलचित्रमा अभिनेता दयाहाङ राईको केमियो रोल रहने बताईएको छ । ‘धुर्मुस सुन्तली’ यस अघी दीपकराज गिरी र दीपाश्री निरौला समुहले निर्माण गरेको सुपर हिट चलचित्र ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताको रुपमा रहेका थिए ।

Namaste Filmy

Read Previous

सहिमा श्रेष्ठको तीज गीतमा निता ढुंगाना ‘हर हर महादेव’ भन्दै (भिडियो)

Read Next

दक्षिण भारतीय हिरो धनुष १२ कक्षामा फेल भएपछि बने सुपरस्टार