प्रभासको चलचित्र‘साहो’को कारणले ‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज मिति पोस्टपोन्ड

नेपाली चलचित्र क्षेत्रमा बलिउड र हलिउडको प्रभाव राम्रै पर्ने गरेको छ । बलिउड र हलिउडको फिल्मले नेपाली चलचित्रको ब्यापारमा पनि राम्रै असार पार्ने गरेको छ । यही कारण कहिले काही नेपाली निर्माताहरुको लागि हिन्दी सिनेमा टाउको दु:खाई बन्ने गर्दछ । बलिउड र हलिउडका प्रतिक्षित फिल्म प्रदर्शन हुने दिन नेपाली निर्माताहरु आफ्नो फिल्म हल छिराउन मान्दैनन् ।

सामान्य अर्थमा भन्न पर्दा बलिउड र हलिउडका प्रतिक्षित फिल्म सँग नेपाली निर्माताहरु डराउने गर्दछन् । नडराउन पनि कसरी जब कि नेपालमा उनिहरुकै असर राम्रो देखिन्न । कुनै पनि निर्माता आफ्नो लगानीमा पानी हाल्न चाहदैनन् । केही दिन अघी मात्र पाका निर्देशक बिकासराज आचार्यले दक्षिण भारतीय फिल्मको कारण ‘हजार जुनी सम्म’ को प्रदर्शन मिती फेरबदल गरे । सुरुमा उनले श्रावण ३० गतेलाई ‘हजार जुनी सम्म’ को रिलिज डेट लक गरे । प्रभासको ‘साहो’ श्रावण ३० मै रिलिज हुने भने पछी आचार्य पछी हटे । तर पछी ‘साहो’ श्रावण ३० बाट भाद्र १३ मा सरे पछी आचार्यले ‘हजार जुनी सम्म’ लाई फेरी पुर्व निर्धारित मिती अर्थात श्रावण ३० मै फर्काए ।

यसै क्रममा प्रभासको ‘साहो’ कै कारण अर्को नेपाली चलचित्र फेरी पछे सरेको छ । सुपर डुप्पर हिट नेपाली चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ अब पुर्व घोषित मितीमा प्रदर्शन नहुने भएको छ । ‘कबड्डी कबड्डी कबड्डी’ ले तोकेको मितीमा ‘साहो’ रिलिज हुने भए पछी प्रदर्शन मिती भाद्र १३ बाट असोज ३ मा पुगेको छ ।

निर्माण टिमले प्रदर्शन मिती पोष्टपोन्ड हुनुको पछाडी प्राविधिक कारण भएको बताएको छ ।तर कुरा प्रष्ट छ कि ‘साहो’ नै त्यो कारण हो जसले गर्दा ‘कबड्डी कबड्डी कबड्डी’ २० दिन पछी सर्नु पर्‍यो । ‘साहो’ भाद्र १३ मा आउने भनी घोषणा भए लगत्तै ‘कबड्डी कबड्डी कबड्डी’ पछी सर्ने चर्चा शुरु भईसकेको थियो । अन्तत त्यस्तै भयो । उता सोही मिती अर्थात भाद्र १३ मै आउने तयारीमा रहेको अर्को नेपाली चलचित्र हो ‘मारुनी’ ।

साम्राज्ञी आरएल शाह र पुष्प खड्का स्टारर मारुनी अहिले सम्मको अवस्थामा भाद्र १३ मै प्रदर्शन हुने तयारीमा रहेको छ । तर यो पछी हट्न सक्ने देखिन्छ । ‘कबड्डी कबड्डी कबड्डी’ पछी सरेपछी ‘मारुनी’ ले सोलो रिलिज त पायो तर त्यो भन्दा ठुलो तनाब ‘साहो’ आईलागेको छ । यस्तोमा ‘साहो’ को कारण ‘हजार जुनी सम्म’ र ‘कबड्डी कबड्डी कबड्डी’ जस्तै पछी हट्ने पालो कतै ‘मारुनी’ को त होइन ? यो पर्ख र हेर को अवस्थामा छ ।

Namaste Filmy

Read Previous

‘केजीएफ २’ मा संजय दत्त,फस्टलुक सार्वजनिक

Read Next

सुशील श्रेष्ठ र रुविना थापा अभिनित चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक (भिडियो)