सुशील श्रेष्ठ र रुविना थापा अभिनित चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सिनेमाको पहिलो रोमान्टिक गीत रिलिज गरिएको हो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई फिचर्ड गरिएको छ ।

संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । मनाङको भर्जिन लोकेशनमा छायाँकन गरिएको भिडियालाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोलाई सञ्जय लामाले छायाँकन गरेका हुन् ।

सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ डायरीज’ विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।लभस्टोरी कथामा निर्माण भएको सिनेमाको कथा मधु बास्तोलाले लेखेका हुन् । भने, पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान एसोसियट निर्देशक रहेको सिनेमामा सह-निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् ।फिल्म आउँदो असोज ३ मा रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

प्रभासको चलचित्र‘साहो’को कारणले ‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज मिति पोस्टपोन्ड

Read Next

कसले बनायो भेषराजको यस्तो अवस्था (भिडियो सहित)