चलचित्र ‘रे’ को ट्रेलरमा एक्सन ,साउन २४ मा रिलिज हुने (भिडियो )

यही २४ साउनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रे’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दै मँगलबार चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा खल-अभिनेता सुनिल थापा यो फिल्ममा डनको रुपमा प्रस्तुत भएका छन् । फिल्मका अभिनेता दिवस र अभिनेत्री सुजाताको प्रेममा सुनिल थापा बाधक बनेको यसमा देखिन्छ । ट्रेलर अनुसार नव अभिनेता दिवस यो फिल्ममा एक्सन अबतारमा प्रस्तुत भएका छन् । ट्रेलरलाई ओएसआर डिजिटल युट्युज च्यानलबाट रिलिज गरिएको हो ।

दिनेश पौडेलले निर्देशन गरेको चलचित्र रे एक्सन प्रधान जनरामा आधारित रहेको ट्रेलरबाट प्रस्टिएको छ । एक्सनसँगै सामाजिक प्रेम कथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ ।

यो चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । यो फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति बराली , रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ ।कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखेको सम्पादन, महेन्द्र थापाको छायांकन यो चलचित्रमा रहेको छ ।

Namaste Filmy

Read Previous

भारतीय मिडियामा महानायक राजेश हमालको अमिताभ बच्चनसँग तुलना

Read Next

अशिन पौडेलको निर्देशनमा चलचित्र ‘आधा सुर’को निर्माण घोषणा