अशिन पौडेलको निर्देशनमा चलचित्र ‘आधा सुर’को निर्माण घोषणा

मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘आधा सुर’को निर्माण घोषणा गरिएको छ । सपनासँग जोडिएको जिन्दगीको कथामा निर्माण हुने चलचित्र ‘आधा सुर’लाई अशिन पौडेलको निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको अभिनय रहनेछ । यो सिनेमाबाट मोहन जैशीले अभिनयमा डेब्यू गर्दैछन् ।

फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुनेयस चलचित्रको कथा सौरभ कार्कीले तयार पारेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा निर्देशक पौडेलले सघाएका छन् । विष्णु घिमिरे ‘कल्पित’ ले छायाँकन गर्ने सिनेमामा रोशनराज थापाको संगीत र केशव रानाको सम्पादन रहने छ ।भदौ दोस्रो साताबाट छायांकन सुरु हुने सिनेमा काठमाडौंमा र पोखरामा खिचिनेछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘रे’ को ट्रेलरमा एक्सन ,साउन २४ मा रिलिज हुने (भिडियो )

Read Next

गायत्री पराजुलीको ‘जमाना अनुसार’ सार्वजनिक (भिडियो सहित)