गायत्री पराजुलीको ‘जमाना अनुसार’ सार्वजनिक (भिडियो सहित)

गायत्री पराजुलीको नयाँ तीज गीत सार्वजनिक भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा गायत्रीको ‘जमाना अनुसार’ बोलको नयाँ तीज गीत युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायत्रीकै शब्द रहेको छ । गीतमा देवी घर्ती, प्रदिप त्रिपाठी र गायत्रीको आवाज रहेको छ भने प्रदिप त्रिपाठीकै संगीत रहेको छ । गीतमा महिलाहरुको सौन्दर्यको बिषय रहेको छ । गीतको भिडियोमा निशान एसके र बिनिता ओझा फिचर्ड रहेका छन् ।

गीतको भिडियोलाई निशान एसकेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनकै रहेको छ । दीपक गिरीले खिचेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका हुन् । गीत र भिडियो दुबै निकै राम्रो बनेको छ । सार्वजनिक भए लगत्तै गीतले दर्शक श्रोताहरुबाट राम्रो प्रतिकृया पाईरहेको छ ।

Namaste Filmy

Read Previous

अशिन पौडेलको निर्देशनमा चलचित्र ‘आधा सुर’को निर्माण घोषणा

Read Next

अन्जु पन्तको गीत ‘पानी भर्ने’मा गम्भीर र जेबिका (भिडियो)