शिबहरि पौडेलेको निर्देशन रहने चलचित्र ‘लक्का जवान’निर्माणको घोषणा

शिबहरि पौडेलेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘लक्का जवान’को अधिकारिक निर्माण घोषणा गरिएको छ ।बुधबार  काठमाडौंमा  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष अतिथिमा चलचित्रको घोषणा गरिएको हो ।

चलचित्र ‘लक्का जवान’मा दीलिप रायमाझी र प्रियँका कार्कीको मुख्य भूमिका रहने छ ।चलचित्रमा  दीलिप, प्रियँकासँगै, सलोन बस्नेत, वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, सरोज खनाल, सुरेन्द्र केसी, शुशिल पोखरेल, बिनोद केसी, सावित्री गुरुङ, अँशु महर्जन, बिमला गिरी, यमन श्रेष्ठ, रमेश केसी मट्टारे सहितका कलाकारहरुको अभिनय रहने छ ।

कार्यक्रममा शिबहरि पौडेलले मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यलाई मुख्य कलाकारको रुपमा लिने भनेर सोही अनुसार स्कृप्ट लेखेका थिए । अब त्यो मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले यो फिल्म नखेल्ने भएपछि उनीहरुको ठाउँमा किरण केसी र आफैंले अभिनय गर्ने भएका छन् । यो फिल्ममा हरिबँश आचार्यले निर्वाह गर्ने भनिएको भूमिकामा किरण केसीले खेल्ने छन् । मदनकृष्ण श्रेष्ठको लागि भनेर लेखिएको भूमिकामा शिबहरि पौडेल आफैंले अभिनय गर्ने भएका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले नखेल्नुको कारणबारे शिबहरि पौडेलले नै कार्यक्रममा यसरी प्रकाश पारे,‘दाईहरुले मह सञ्चारको व्यानर बाहिरको फिल्म खेल्दा अरु व्यानरबाट पनि फिल्म खेल्नु पर्ने दवाव आउने कारणले नखेल्ने भन्नु भयो ।

भदौको पहिलो साताबाट छायाँकन सुरु गरिने चलचित्र ‘लक्का जवान’ किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको छन् भने अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् । सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् ।चलचित्रको प्रस्तुतकर्तामा ध्रुव पन्त रहेका छन् ।

बाबुल गिरीको  संगीत रहने यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,, मित्र डि. गुरुङको सम्पादन र  पुरुषोत्तम प्रधानको छायांकन रहने छ  । हास्य प्रधान यो चलचित्रलाई आगामी ७ चैतबाट रिलिज गरिने भएको छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री सुस्मिता सेनले सेनले प्रेमी रोहमन स्वालसग विवाह गर्दै

Read Next

खुमन अधिकारी र सरिता गुरुङको तीज गीत “नाच नानी नमात” सार्वजनिक (भिडियो)