‘मारुनी’को पोष्टरमा साम्राज्ञी र पुष्प को यस्तो रुप

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा ३ मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र कलाकार रेविका गुरुङ अटाएका छन् । चलचित्रको फस्टलुक हेर्दा पनि दर्शकलाई उत्सकुता बढेर जान्छ ।

नवल नेपालको निर्देशन रहेको चलचित्र ‘मारुनी’मा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङ मुख्य भूमिकामा रहेका छन् । सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी आदि कलाकारको पनि अभिनय रहनेछ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन् ।राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । चलचित्रको सार्वजनिक भैसकेका २ गीतले बजारमा राम्रो चर्चा पाइरहेका छन् । चलचित्रको फस्टलुक हेर्दा पनि यसको कथावस्तुको बारेमा दर्शकलाई अड्कल लगाउन सहज देखिएको छैन । निर्देशक नवल नेपालले चलचित्रको सारांश केही दिनमा सार्वजनिक हुने ट्रेलरमा खुल्ने बताए ।करिब १ बर्षपछि नायिका शाहको चलचित्र बजारमा आउन लागेकाले पनि दर्शकमा चलचित्रप्रतिको उत्सुकता बढेको छ ।

Namaste Filmy

Read Previous

खुमन अधिकारी र सरिता गुरुङको तीज गीत “नाच नानी नमात” सार्वजनिक (भिडियो)

Read Next

ऋतिक र दीपिका रामायणमा राम-सीता बन्दै