ऋतिक र दीपिका रामायणमा राम-सीता बन्दै

सुपर ३० पछि अभिनेता ऋतिक चलचित्र रामायणमा देखा पर्दैछन् । भारतीय सञ्चार माध्यमका अनुसार रामायणमा ऋतिक र दीपिका पहिलो पटक अनस्क्रिन जोडी बन्ने भएका हुन् । चलचित्रमा ऋतिक र दीपिका राम र सीताको भूमिकामा देखिँदैछन् ।

तर यस विषयमा चलचित्र टिमबाट भने आधिकारिक जानकारी दिइसकेको छैन् । रामायणलाई नितेश तिवारी र रवि उडयावरले संयुत रुपमा निर्माण गर्ने बताइएको छ । रामायण थ्रीडीमा सुट गरिनेछ । चलचित्र लाइभ–एक्शनमा आधारित हुने छ ।

चलचित्रको लागि ऋतिकले फाइनल गरिसके पनि दीपिकासँग भने निर्माण टिमले कुरा गरि नसकेको नितेश तिवारीले टाइम्स अफ इन्डियालाई बताएका छन् ।

Namaste Filmy

Read Previous

‘मारुनी’को पोष्टरमा साम्राज्ञी र पुष्प को यस्तो रुप

Read Next

बलिउड अभिनेत्री दीया मिर्जाले पति साहिल संघासँग गरिन सम्बन्ध विच्छेद