चलचित्र 'वसन्ती' छायांकनका लागि अक्षय कुमार काठमाडौंमा

बलिउड स्टार अक्षय कुमार शुक्रबार काठमाडौं आएका छन्। उनले आफ्नो ईस्टाग्राम एकाउन्टबाट बौद्धनाथको फोटो सेयर गर्दै भनेका छन्,’एमेजिङ वेलकम इन नेपाल ।आफ्नो कोठाबाट देखिएको बौद्धको दृश्य सेयर गर्दै उनले बौद्धनाथबारे उनले लेखेका छन्,’विश्वका सुन्दर धार्मिक स्थल ।’उनले सेयर गरेको फोटोमा उनका नेपाली समर्थकले स्वागत भन्दै कमेन्ट गरेका छन् ।
Akshya-Kumar-2014
उनी स्पेशल २६ का निर्देशक निरज पाण्डेको नयाँ फिल्म ‘वसन्ती’को सुटिङका लागि नेपाल आएको भारतीय मिडिया टाईम्स अफ ईण्डियाले लेखेको छ ।चलचित्र ‘वसन्ती’ छायांकनका लागि उनी नेपाल आएका हुन्। काठमाडौं एवं पोखरामा छायांकन हुने भनिएको यस चलचित्रका लागि उनी एक साता नेपाल रहने बताइएको छ। अक्षय अभिनीत अधिकांश चलचित्र नेपाली दर्शकले रुचाएका छन्।
1932357_671354676244945_5662105814292393040_n
सन् १९९१ मा निर्माण भएको चलचित्र ‘सौगाद’बाट बलिउडमा डेब्यु गरेका अक्षयले सन् १९९२ मा ‘खिलाडी’, सन् १९९३ मा ‘कन्नाडा’ हुँदै आफ्नो अभिनय यात्रालाई अगाडि बढाएका थिए। पछिल्लो समय उनका चलचित्रले बलिउड बक्स अफिसमा राम्रो प्रभाव जमाउने गरेको छ। उनको नाममा खिलाडी ७८६, रावडी राठौर, नमस्ते लन्डन, हे बेबी, भुलभुलैया, वेकमल, सिंह इज किङ, चाँदनी चोक टु चाइना, देशी व्बाइज, हाउसफुल २, मै खिलाडी तु अनारी, दिल तो पागल है, सबसे बढा खिलाडीलगायतका दर्जनौं चर्चित चलचित्र छन्।सन् १९६७ मा जन्मेका खिलाडी नायक अक्षय सानोमा नृत्यकार एवं प्रस्तोताका रूपमा काम गर्थे। तेक्वान्दोमा भारतमै ब्ल्याक बेल्ट गरेका उनले बैंककबाट मार्सट आर्टको कोर्स गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्। चलचित्रमा प्रवेशपछि उनले पछि फर्केर हेर्नु परेको छैन।

Namaste Filmy

Read Previous

नायिका रेखा थापाको छबिराज ओझालाई खुल्ला सुझाब (पूर्ण विवरण)

Read Next

'मेरो बेस्ट फ्रेन्ड' रिलिज डेट सारियो । अब जेठ ९ मा रिलिज हुने ।