जय किशन बस्नेतले र एलिना रायमाझीलाई ‘माया दिन्छु नि’ भन्दै (भिडियो)

जय किशन बस्नेतको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘हिरो नं. १’ को दोस्रो  गीत सार्वजनिक भएको छ ।’माया दिन्छु नि’बोलको सार्वजनिक गीतमा मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत रहेको छ ।यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् ।

गीतमा नायक जय किशन बस्नेत र नायिका एलिना रायमाझीले रोमान्स गरेका छन् । चलचित्रको गीतमा दुइ जनाको माया प्रेम र बिबाह हुँदै अनौठो तरिकाको बच्चा जन्मिएको सम्म देखाईएको छ ।

चलचित्र ‘हिरो नं. १’ मा जय किशन बस्नेत र एलिना रायमाझीको साथमा जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, संघरत्न महर्जन। टार्जन, लय संग्रौला। शोभित बस्नेत, शुभेच्छा थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतकै लेखन, निर्माण र निर्देशन समेत रहेको छ भने  चलचित्रमा बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, जय किशन बस्नेत र किशोर थापाको नृत्य र शंकर महर्जनको द्वन्द रहेको छ । चलचित्र एक्सन, थ्रिलर तथा सस्पेन्स कमेडी जनारामा निर्माण भएको बताईएको छ ।चलचित्र असोज ३ गते बाट प्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

अपेक्षा र जिबीको तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक (भिडियो सहित)

Read Next

ब्लकबस्टर फिल्म गदरको रिमेकमा सनी देओलको छोरा !