ब्लकबस्टर फिल्म गदरको रिमेकमा सनी देओलको छोरा !

सनी देओलेले ठूला र गम्भीर फिल्महरुमा काम गरेको धेरै समय भइसकेको छ । तर हाल उनी सामान्य फिल्ममा भने काम गरिरहेका छन्। लामो समयदेखि कुनै सुपर हिट फिल्ममा सनी नदेखिए पनि उनका फ्यानहरु अझै घटेका छैनन्। मानिसहरु अझै पनि उनलाई निकै महत्व दिन्छन् । सनीले हालै एक अन्तर्वार्तामा आफ्नो सुपरहिट फिल्म गदरबारे कुरा गरे । उनले सो फिल्मको तुलना हलिउड फिल्मसँग गरे।

मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा उनलाई के आफ्नो छोरासँग गदरको सीक्वल बनाउन चाहन्छु भनेर सोधिएको थियो । उनले त्यसको जवाफमा यदि यस्तो हुन सक्यो भने अवश्य पनि छोरासँग फिल्म गर्ने बताए ।

उनले भने, ‘यदि विषय मिल्यो भने यो एक राम्रो आइडिया हो । देओल्सलाई मानिसहरुले निकै प्रेम गरेका छन्। यमला पगला दीवाना एक शानदार कन्सेप्ट थियो, तर पहिलो फिल्मपछि राम्रो भएन । मेरा लागि गदर, स्टार वार्स जस्तै थियो । पूरा देशले फिल्म हेरेको थियो । मानिसहरुले यसलाई इण्डो–पाक ड्रामाका रुपमा हेरे, म एक प्रेमकथाका रुपमा हेर्छु ।’

देओल परिवार बलिउडमा एक चर्चित परिवार हो । धर्मेन्द्रपछि सनी र बबी देओलले फिल्मी संसारमा निकै नाम कमाए । अब सनीका छोरा करण देओल पनि फिल्ममा करिअर शुरुआत गर्दैछन् । करण एक र्यापरका रुपमा पहिला नै चर्चित भइसकेका छन्। उनले र्याप गरेका केही भिडियो सामाजिक सञ्जालमा निकै भाइरलसमेत बनेका थिए ।

यी बाहेक हेमा मालिनीको नाम फिल्म उद्योगमा एक ठूलो नाम हो । ईशा देओलले पनि फिल्ममा काम गरेकी थिइन् । हाल उनी व्यक्तिगत जीवनमा व्यस्थ छिन् । हाल देओल परिवारबाट दुईजना सांसद छन् । हेमा र सनी दुबै सत्तारुढ दल भाजपाबाट भारतीय लोकसभामा निर्वाचित भएका छन् ।

Namaste Filmy

Read Previous

जय किशन बस्नेतले र एलिना रायमाझीलाई ‘माया दिन्छु नि’ भन्दै (भिडियो)

Read Next

प्रभास र श्रद्धा अभिनित बहुप्रतिक्षित फिल्म ‘साहो’को दोस्रो गीत रिलिज (भिडियो)