प्रभास र श्रद्धा अभिनित बहुप्रतिक्षित फिल्म ‘साहो’को दोस्रो गीत रिलिज (भिडियो)

बाहुबली स्टार प्रभास र श्रद्धा कपूरको बहुप्रतिक्षित फिल्म ‘साहो’को दोस्रो गीत रिलिज भएको छ । साहोलाई भिजुअली सुन्दर बनाउनको लागि कैयौं परीक्षण गरिएको छ । एक्सन सिन मात्र नभइ गीतमा पनि ठूलो रकम खर्च गरिएको छ । एन्नी सोणी अष्ट्रियामा सुटिङ भएको हो ।

यो गीत सुटिङका लागि १०० जनाको टिम अष्ट्रिया गएको थियो । यहाँको चर्चित स्किइङ रिसोर्ट ‘स्टायबाइ ग्लेशियर टप अफ टायरोल’मा यसको सुटिङ भएको हो । यो गीत संसारको सबैभन्दा लामो झोलुङगे पुलमा सुटिङ भएको हो ।गुरु रन्धवा र तुल्सी कुमारको स्वर रहेको गीतमा गायक गुरुको शब्द रहेको छ भने संगीत लेबल टीसिरिजको रहेको छ ।

फिल्ममा प्रभास र श्रद्धासँगै नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, मुरली शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

सुजितले निर्देशन गरेको फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ । यो फिल्म अगस्त ३० अर्थाल भदौ १३ गते देखि रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

ब्लकबस्टर फिल्म गदरको रिमेकमा सनी देओलको छोरा !

Read Next

राजेश हमाल पछि भारतीय मिडियामा साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा