कात्तिक १५ मा आउने भयो बिराज भट्ट र निकिता चण्डकको ‘साङ्लो’

एक्सन स्टार बिराज भट्ट र पुर्व मिस नेपाल निकिता चण्डक अभिनित चलचित्र ‘साङ्लो’ को प्रदर्शन मिती तय भएको छ ।बिराजले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ को छठको अवसर पारी प्रदर्शन हुने भएको छ ।

चलचित्र बितरणको जिम्मा पाएको काफिया फिल्मस् र एफडीले छठको अघिल्लो दिन अर्थात् कात्तिक १५ गतेलाई रिलिज डेट लक गरेको छ । उक्त मितीमा फिल्म हल छिराउन बिराज पनि सहमत भएका छन् । निर्माण युनिट अब चलचित्रको पोष्टर सार्वजनिक गर्ने तयारीमा जुट्नेछ।

‘साङ्लो’ को मितीमा अहिले सम्म कुनै फिल्म छैन । यो चलचित्र बिभिन्न कारणले चर्चामा रहेको छ । विराजले प्राविधिक कुटेको देखी डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्टाएको खबरले यो चलचित्र बिबादमा तानियो ।

बिराज र निकिताको अलावा चलचित्रमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका पनि अभिनय रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा सिनेमाको छायांकन गरिएको चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् । चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद, श्री श्रेष्ठले द्वन्द्व सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहको छ ।

Namaste Filmy

Read Previous

‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने

Read Next

मिलन डी काप्रीको निर्देशनमा बन्ने भयो चलचित्र ‘षट्कोण’